श्रष्टा सम्मान तथा पुरस्कार वितरण २०८१

भाषा, साहित्य, वाङ्मयको आधार, सांस्कृतिक संरक्षण विकासको पूर्वाधार भन्ने मूल नारा सहित २०७३ सालमा स्थापित गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, दमौली, तनहुँले यस वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हल, कमलादीमा आज मिति २०८१ चैत्र ३० गते शनिवार आयोजना गरेको कार्यक्रममा सरदार यदुनाथ खनाल सम्मान-२०८१ बाट डा भेष बहादुर थापा, क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार -२०८१ बाट प्राज्ञ सरुभक्त, नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कार-२०८१ बाट डा सत्यप्रकाश तिवारी (भारत), गीतल राष्ट्रिय पुरस्कार -२०८१ बाट श्री ओम रिजाल (दैलेख) र गीतल प्रतिभा पुरस्कार -२०८१ बाट श्री नारायण कैलाश सिग्देल (तनहुँ) सम्मानित हुनु भएको छ ।

कवि तथा गीतकार स्व. क्षेत्र प्रताप अधिकारी नेपाली साहित्य तथा संगीतजगतले सधैँ सम्झिने नाम हो । वि सं १९९९ चैत्र महिनामा ज्यामरुक बयापानी तनहुँमा जन्मिएका अधिकारीले आफ्नो जीवनकालको अन्तिम क्षण पनि कला र साहित्य क्षेत्रलाई नै समर्पित गर्दै वि सं २०७० साल चैत्र ३० गते आइतबार बेलुका स्वर्गारोहण भएका थिए ।
गामबेसीका कविका रुपमा स्थापित कवि क्षेत्र प्रताप अधिकारीको स्मृति दिवसमा गीतल प्रतिष्ठान तथा नाटक मञ्च नेपाल तनहुँको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण सभाकक्षमा आयोजित कार्यक्रममा स्व क्षेत्र प्रताप अधिकारीको नाममा निरन्तर वितरण गरिदैं आएको सम्मान “क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार २०८१” बाट यस वर्ष आदरणीय साहित्यकार प्राज्ञ सरुभक्त सम्मानित हुनु भएको छ ।
विशेष कारणले उहाँले पोखराबाट काठमाडाैंको यात्रा तय गर्न नसक्नुभएको भएपनि गीतल प्रतिष्ठान तथा नाटक मञ्चले गर्ने कुनै अर्को कार्यक्रममा उहाँले अवश्य सम्मान ग्रहण गर्ने वचनबद्धता आएको अध्यक्ष आकाश अधिकारीज्यूले बताउनुभयो । आदरणीय गायक लाक्पा शेर्पाज्यूले स्व. क्षेत्र प्रताप अधिकारीको सम्झनामा उहाँकै एक लाईन “म त लालीगुराँस भएछु” भन्ने गीत गाएर श्रद्धासुमन अर्पण गर्नुभयो ।

उक्त कार्यक्रमा थुप्रै साहित्यप्रेमी महानुभावहरुको सुखद उपस्थिति रह्यो ।

सम्मान तथा पुरस्कार कार्यक्रम -२०८१

भाषा, साहित्य, वाङ्मयको आधार, सांस्कृतिक संरक्षण विकासको पूर्वाधार भन्ने मूल नारा सहित २०७३ सालमा स्थापित गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, दमौली, तनहुँले यस वर्षको सरदार यदुनाथ खनाल सम्मान-२०८१ बाट डा भेष बहादुर थापा, क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार -२०८१ बाट प्राज्ञ सरुभक्त, नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कार-२०८१ बाट डा सत्यप्रकाश तिवारी (भारत), गीतल राष्ट्रिय पुरस्कार -२०८१ बाट श्री ओम रिजाल (दैलेख) र गीतल प्रतिभा पुरस्कार -२०८१ बाट श्री नारायण कैलाश सिग्देल (तनहुँ) सम्मानित हुने भएको छ ।
यी कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हल, कमलादीमा यहि मिति २०८१ चैत्र ३० गते शनिवार दिउँसो १ बजे हुनेछ ।

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

दमौली- भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले रु २५ हजार राशिको उक्त पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली साहित्यको उन्नयनमा उनले गरेको योगदानको कदर गर्दै कवि सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

यसैगरी, ‘नेपाल अधिराज्यमा तनहुँ’ वाङ्मय पुरस्कार भारत कोलकाताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ ।

उक्त पुरस्कारको राशि पनि रु २५ हजार छ । साथै रु १० हजार राशिको गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गर्ने निर्णय भएको छ भने रु पाँच हजार राशिको गीतल प्रतिभा पुरस्कार भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गरिने भएको छ ।

अन्तर्राष्ट्रिय सिद्धार्थ तथागत सिर्जना सम्मान – २०२४ बाट सम्मानित

२०८१ कार्तिक २६ गते अर्थात १० नोभेम्बर २०२४, उत्तर प्रदेश भारतमा यस गीतल प्रतिष्ठान नेपाल तथा नाटक मंच तनहुँका अध्यक्ष आकाश अधिकारी र उपाध्यक्ष दिवाकर भट्टराई अन्तर्राष्ट्रिय सिद्धार्थ तथागत सिर्जना सम्मान – २०२४ बाट सम्मानित हुनुभएको छ ।

यस कार्यक्रमको आयोजनामा इटवा बजार,सिद्धार्थनगर भारतमा अन्तर्राष्ट्रिय स्तरमा भाषा, साहित्य र कलाको क्षेत्रमा काम गर्ने नेपालका तीन कवि आकाश अधिकारी, दिवाकर भट्टराई र रामबाबु दाहाल अन्तर्राष्ट्रिय तथागत सिर्जना सम्मान २०२४ वाट सम्मानित भएका छन् ।

नोभेम्बर १० तारीख अर्थात् सिद्धार्थ तथागत कला साहित्य संस्थानको नवौँ वार्षिक समारोहको अवसरमा देश तथा विदेशमा रहेर भाषा, साहित्य र कलाको क्षेत्रमा काम गर्ने नेपालका तिन जना साहित्यकार सम्मानित भएका हुन् । सम्मानित हुनेहरूको सूची गत वर्ष नै सार्वजनिक गरिएको थियो। चयन हुनेहरूमा कवि रामबाबु दाहाल, आकाश अधिकारी र दिवाकर भट्टराई रहेका थिए ।

इटवा बजार सिद्धार्थनगर भारतमा आयोजित एक कार्यक्रमका बीच सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गरिएको हो। सम्मान कार्यक्रमका मुख्य अतिथि अमालेन्दु नाथ मिश्र, कार्यक्रममा वरिष्ठ साहित्यकार, चित्रकार डा राजेन्द्र परदेशीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा, विशिष्ट अतिथि वरिष्ठ साहित्यकार एवं माननीय डा रेखा यादव तथा भारतका विभिन्न प्रदेशहरूबाट सय बढी साहित्यकार, पत्रकार, समाजसेवीको उपस्थित रहेको थियो ।

वरिष्ठ अतिथि सांसद डाक्टर रेखा यादवले सिद्दार्थ गौतम बुद्धको जन्म नेपालमा भएको र शिक्षादिक्षा भारतमा भएको हुँदा यस संस्थाले नेपाल र भारत बीच सितुको काम गरेको चर्चा गरेकी थिइन् ।

मोफसलमा रहेर भाषा साहित्यको साधना गर्दै आउनु भएका आकाश अधिकारी सम्मानित हुने

मोफसलमा रहेर भाषा साहित्यको साधना गर्दै आउनु भएका  आकाश अधिकारीलाई #भारतीय साहित्यीक संस्था “सिद्धार्थ तथागत कला-साहित्य संस्थान” उत्तर प्रदेश भारत साथै #जनमत वांङ्ग्मय प्रतिस्ठान नेपालबाट २०८० सालको “दीपा–जनमत सम्मान” ले सम्मानित गर्ने भएको छ । साहित्यको क्षेत्रमा उहाँको क्रियाशिलता अझ बढदै जाओस् थप हौसला प्रेरणा कायम रहनेछ भन्दै हृदयतह हार्दिक बधाई एवम् शुभकामना !!

चार ख्याति प्राप्त साहित्यकारहरुलाई तनहुँको ऋषिङ्गमा सम्मान

तनहुँ, १० चैत

राष्ट्रिय रूपमा ख्याति प्राप्त चार साहित्यकारहरुलाई आज तनहुँमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले ऋषिङ्ग गाउँपालिकामा श्रष्टा सम्मान तथा काव्य उत्सव २०८० आयोजना गरि साहित्यकारहरुलाई सम्मान गरेको हो ।

नेपाली भाषा, कला, साहित्य र सामाजिक बिकासमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै विभिन्न विधामा कलम चलाउने साहित्यकारहरुलाई पुरस्कृत गरिएको हो । क्षेत्रप्रताप स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार–२०८० साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।

लम्सालका कर्ण, धरा र अग्नि गरी तीन महाकाव्य सहित पाइलैपिच्छे सगरमाथा, आगो छोपेर कतिन्जेल, धुनभित्र धुनबाहिर, कर्ण, उडूँ उडूँ लाग्छ एक्लैएक्लै लगायतका पुस्तकहरु प्रकाशित छन् । ३० बर्ष भन्दा बढी संचार क्षेत्रमा काम गरेका लम्सालको सुरसंगम र मधुवन रेडियो कार्यक्रम अति लोकप्रिय छन् ।

सोही अवसरमा नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार–२०८० प्रा डा रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । जसको राशी २५ हजार रहेको छ । अधिकारीको सीतायन महाकाव्य प्रकाशित छ । जुन संसारकै ठूलो महाकाव्य हो । जसमा ३५ हजार श्लोक छन् । साथै उनका राजतन्त्र र प्रजातन्त्रका सिद्धान्त, भामहते काव्यस्य स्वरुपम पद्मदुर्गा महाकाव्य, राजनैतिक दर्शनको इतिहासका साथै एक सय भन्दा बढी अनुसन्धानात्मक लेखहरु प्रकाशित छन् ।

गीतल राष्ट्रिय पुरस्कार–२०८० संखुवासभाकी श्रष्टा तिला लेकालीलाई प्रदान गरिएको छ । उनका धेरै फुटकर रचना प्रकाशित छन् । त्यस्तै गीतल प्रतिभा पुरस्कार–२०८० तनहुँकी साहित्यकार शोभा सिंह ठकुरीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । उक्त पुरस्कारको राशि दश हजार रहेको छ ।

कार्यक्रमको उदघाटन गर्दै संघीय सांसद रेखा यादवले साहित्यकारसँग समाज परिवर्तन सम्मको तागत हुने बताइन् । अहिले देशको अवस्था निकै नकारात्मक बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सुधारका लागि साहित्यको सहयोग चाहिएको बताइन् । म एक्लै सदनमा चिच्याएर परिवर्तन गर्न गाह्रो भयो,  देशको अवस्था सुधारका लागि मलाई तपाईहरुको सहयोग चाहियो उनले भनिन ।

युवाहरुको पलायनले समाज नकारात्मक गतिमा अघि बढेको प्रसंग जोडदै उनले भनिन् नेपालमा सम्भावना हुदा हुदै पनि युवाहरु विदेशीनु दुःखद हो, अहिलेको पुस्तामा धैर्यताको अभाव छ, तुरुन्तै नतिजा चाहन्छ्न् जसले गर्दा अहिलेको अवस्था आएको हो ।

कार्यक्रममा संविधान सभा सदस्य प्रभा बज्राचार्यले फरक फरक ठाउँका साहित्यकारलाई एकै ठाउँमा एकजुट हुने अवसर जुराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरिन ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले समाजमा चेतनाको ज्योति फैलाउन साहित्यकारहरुको महत्वपुर्ण भूमिका रहदै आएको बताए । साहित्यकारहरुले आफ्ना सिर्जना मार्फत ऋषिङलाई परिचित गराउन सहयोग गर्ने उनको विश्वास छ । उनले भने तपाईहरुका आगामी लेखाईमा ऋषिङको सम्भावना र इतिहासलाई बारे पढ्न पाइनेछ, जसले समग्र ऋषिङलाई विश्व सामु चिनाउन सफल हुनेछ ।  साथै ऋषिङलाई समृद्ध बनाउन भौतिक पुर्वाधारका साथै साहित्य, खेलकुद र सामाजिक सांस्कृतिक पक्षको बिकास एक साथ अगाडी बढाएको उनले जानकारी दिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व डा नवराज लम्साल, प्रा डा रमेशचन्द्र अधिकारी, लिला लेकाली र शोभासिंह ठकुरीले पालिकाले भाषा, साहित्य, कला र संस्कृतिको बिकास पनि सँगै अगाडि बढाउन पालिकासँग अनुरोध गरेका थिए । भौतिक बिकासबाट मात्र चेतना उकास्न सम्भव नहुने भन्दै उनीहरुले बौद्धिक बिकासका क्षेत्रमा पनि लगानी गर्न अनुरोध गरेका हुन् ।

संस्थाका अध्यक्ष आकाश अधिकारीको अध्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट, पत्रकार त्रिभुवन वाग्ले, गीतकार महासंघका अध्यक्ष बसन्त बित्यासी थापा, साझा प्रकाशनकी अध्यक्ष शारदा आचार्य, शिव सरस्वती माविका अध्यक्ष दान बहादुर श्रेष्ठ लगायतले साहित्यले समाजमा व्याप्त विकृति, विसंगतिको न्युनिकरण गर्दै समग्र समाज परिवर्तनमा भूमिका खेल्ने बताए । साथै पालिकाले भाषा, साहित्यको प्रवद्र्धनमा उदाहरणीय काम गरेको भन्दै आभार व्यक्त गरेका थिए ।

“भाषा, साहित्य वाङ्गमयको आधार, सांस्कृतिक संरक्षण विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ विगत केही बर्ष देखि तनहुँका सबै पालिकामा साहित्य सम्मेलन तथा साहित्य क्षेत्रका व्यक्तिहरु सम्मान गर्दै आएको प्रतिष्ठानले यस पनि कार्यक्रमलाई निरन्तरता दिएको कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।

ऋषिङ्ग गाउँपालिकाले प्रवद्र्धन गरेको यस साहित्यिक कार्यक्रममा देशका विभिन्न जिल्लाका ख्याति प्राप्त साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष शान्त बास्तोलाले स्वागत गरेकी थिइन भने कार्यक्रम सञ्चालन सचिव माधव अधिकारीले गरेका थिए ।

उक्त अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले तयार पारेको गीतल गुञ्जन भाग–३ लोकार्पण गरिनुका साथै प्रतिष्ठानको वेबसाइट www.gitalnepal.org.np पनि आजै सार्वजनिक गरिएको छ ।

सोही अवसरमा प्रतिष्ठानले तनहुँका दिवगंत श्रष्टाहरुको अभिलेख राख्ने उद्देश्यले सरदार यदुनाथ खनाल सम्मान तथा प्रकाशन कोष सुरुवात गर्ने घोषणा गरिएको छ । उक्त कोषमा इच्छुक साहित्यकारहरुबाट रु एक सय संकलन गरिने अध्यक्ष अधिकारीले बताए ।

 

श्रष्टा सम्मान तथा काव्य उत्सब

यहि चैत्र १० गते मदन पुरस्कार बिजेता नवराज लम्सालको समुपस्थितिमा ऋषिङ्गको ईतिहाँसमै पहिलोपटक आयोजना हुन गईरहेको श्रष्टा सम्मान तथा काव्य उत्सबमा सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं ।

आगामी कार्यक्रम

“गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च” तनहुँले हरेक बर्ष संस्थाको बार्षिक कार्यक्रम तथा गाँमबेसी का कवि क्षेत्र प्रताप अधिकारीको स्मृति सन्दर्भ पारेर विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ। यहीँ चैत ९/१० गते तनहुँको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको “ॠषिङ्ग गाउँ पालिकामा सम्पन्न गर्ने निर्णय संस्थाको बैठक ले गरेको छ।

“ॠषिङ्ग गाउँ पालिका”ले प्रवर्द्धन गर्ने कार्यक्रम लाई स्थानीय युवा क्लबको साथ सहयोग रहने छ। “अन्तर्राष्ट्रिय कवि सम्मेलन तथा पुरस्कार बितरण समारोहमा बिगत बर्ष हरुदेखी संस्थाले प्रदान गर्दै आएको विभिन्न पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको संस्थाका सचीव माधब प्रसाद अधिकारी ले बताउनु भयो।

१) यस् बर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार डाक्टर नवराज लम्साल लाई प्रदान गरीने छ यो पुरस्कारको राशी २५ हजार रहेको छ।
२)नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्ग्मय पुरस्कार” २०८० डा.रमेशचन्द्र अधिकारी,धादिङ लाई प्रदान गरीने छ। पुरस्कारको राशि रकम २५ हजार रहेको छ।
त्यसैगरी संस्थाले प्रदान गर्दै आएको #गीतल रास्ट्रीय पुरस्कार”२०८० तिला लेकाली मोरङलाई प्रदान गरीने छ। यो पुरस्कार को राशी १० हजार रहेको छ।
#संस्थाले प्रदान गर्दै आएको #गीतल प्रतिभा पुरस्कार” २०८० सोभा सिंह ठकुरी तनहुँ लाई प्रदान गरीने छ। यो पुरस्कारको राशि ५ हजार रहेको छ।

रचना आह्वान सम्बन्धी सूचना

छिट्टै प्रकाशनको तयारीमा रहेको पुस्तक गीतल गुञ्जन भाग ३ को लागि रचना आह्वान गरिएको छ।
१) एकजना लेखकको एकवटा विधा मात्रै प्रकाशन गरिनेछ।
कविता:१
गजल:१
मुक्तक:३
नाटक :१
कथा:१
क्रमस..!
२) रचनाले कुनै जातजाति भाषा संस्कृति सम्प्रदायलाई प्रभाव पार्ने खालको रचनालाई समावेश गरिने छैन।
३) रचना सम्प्रेषण गर्दा प्रष्ट बुझिने तरिकाले प्रीति फन्टमा पठाउनुपर्नेछ।
४) अप्रकाशित रचनाहरूलाई मात्र समावेश गरिनेछ।
५) लेखकको परिचय र फोटो पठाउनुपर्नेछ।

साहित्यिक अबलोकन भ्रमण एबम काव्य गोष्टि

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मंच तनहुँको साहित्यिक अबलोकन भ्रमण एबम काव्य गोष्टि तनहुँको भिमाद मा पौष ७ गते शनिबार सप्पन्न भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मंच तनहुँ आयोजक भिमकाली साहित्य सङ्गम भिमाद सह-आयोजक एबम भिमाद नगरपालिकाको प्रबर्द्धनमा कार्यक्रम सप्पन्न भएको हो ।प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी रहनु भएको थियो । नगर प्रमुख सुबेदीले नगर भित्र रहेका भाषा, साहित्य, कला एबम घरबासहरुको संरक्षण गर्दै पर्यटकिय स्थल हरुलाइ साहित्यको माध्यम बाट बिश्वभर चिनाउन सकिने बताउनु भयो । धुन्धु सिद्दगुफा,चमेरे गुफा साथै मिछुर्लुङ घरबास अहिले अन्तरिक र बाह्य्य पर्यटकको रुपमा आकर्षणको केन्द्र बिन्दु बन्दै गएकोले यसलाई साहित्यको माध्यमबाट थप प्रचार प्रसार गर्नु पर्ने बताउनु भयो ।

जे देख्छौ त्यही लेख्छौ भन्ने उद्घोषका साथ शुरु गरिएको काव्य गोष्ठीमा गण्डकी वागङ्मय प्रतिष्ठानका पोखराका अध्यक्ष भिम रानाभाट, गजलकार रुपक बनबासी, गण्डकी वागङ्मम प्रतिष्ठान तनहुँ का अध्यक्ष गौ कुमारी न्यौपाने, साहित्यकार चन्द्रमणी अधिकारी जनार्दन दाहाल लगाएत का अतिथिहरुको सहभागी रहेको थियो । कार्यक्रममा उपस्थित साहित्यक स्रस्ठाहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो सेतिकाली साहित्य सङ्गमका अध्यक्ष नारायण कैलाश सिग्देलले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने गीतल प्रतिष्ठान नेपालका उपाध्यक्ष शान्ता बास्तोलाले रचना को माध्यम बाट धन्यवाद मन्तव्य राख्नु भयो कार्यक्रमको संचालन सचिब माधब प्रसाद अधिकारीले गर्नु भएको थियो ।