आगामी कार्यक्रम

“गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च” तनहुँले हरेक बर्ष संस्थाको बार्षिक कार्यक्रम तथा गाँमबेसी का कवि क्षेत्र प्रताप अधिकारीको स्मृति सन्दर्भ पारेर विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ। यहीँ चैत ९/१० गते तनहुँको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको “ॠषिङ्ग गाउँ पालिकामा सम्पन्न गर्ने निर्णय संस्थाको बैठक ले गरेको छ।

“ॠषिङ्ग गाउँ पालिका”ले प्रवर्द्धन गर्ने कार्यक्रम लाई स्थानीय युवा क्लबको साथ सहयोग रहने छ। “अन्तर्राष्ट्रिय कवि सम्मेलन तथा पुरस्कार बितरण समारोहमा बिगत बर्ष हरुदेखी संस्थाले प्रदान गर्दै आएको विभिन्न पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको संस्थाका सचीव माधब प्रसाद अधिकारी ले बताउनु भयो।

१) यस् बर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार डाक्टर नवराज लम्साल लाई प्रदान गरीने छ यो पुरस्कारको राशी २५ हजार रहेको छ।
२)नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्ग्मय पुरस्कार” २०८० डा.रमेशचन्द्र अधिकारी,धादिङ लाई प्रदान गरीने छ। पुरस्कारको राशि रकम २५ हजार रहेको छ।
त्यसैगरी संस्थाले प्रदान गर्दै आएको #गीतल रास्ट्रीय पुरस्कार”२०८० तिला लेकाली मोरङलाई प्रदान गरीने छ। यो पुरस्कार को राशी १० हजार रहेको छ।
#संस्थाले प्रदान गर्दै आएको #गीतल प्रतिभा पुरस्कार” २०८० सोभा सिंह ठकुरी तनहुँ लाई प्रदान गरीने छ। यो पुरस्कारको राशि ५ हजार रहेको छ।

रचना आह्वान सम्बन्धी सूचना

छिट्टै प्रकाशनको तयारीमा रहेको पुस्तक गीतल गुञ्जन भाग ३ को लागि रचना आह्वान गरिएको छ।
१) एकजना लेखकको एकवटा विधा मात्रै प्रकाशन गरिनेछ।
कविता:१
गजल:१
मुक्तक:३
नाटक :१
कथा:१
क्रमस..!
२) रचनाले कुनै जातजाति भाषा संस्कृति सम्प्रदायलाई प्रभाव पार्ने खालको रचनालाई समावेश गरिने छैन।
३) रचना सम्प्रेषण गर्दा प्रष्ट बुझिने तरिकाले प्रीति फन्टमा पठाउनुपर्नेछ।
४) अप्रकाशित रचनाहरूलाई मात्र समावेश गरिनेछ।
५) लेखकको परिचय र फोटो पठाउनुपर्नेछ।

साहित्यिक अबलोकन भ्रमण एबम काव्य गोष्टि

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मंच तनहुँको साहित्यिक अबलोकन भ्रमण एबम काव्य गोष्टि तनहुँको भिमाद मा पौष ७ गते शनिबार सप्पन्न भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मंच तनहुँ आयोजक भिमकाली साहित्य सङ्गम भिमाद सह-आयोजक एबम भिमाद नगरपालिकाको प्रबर्द्धनमा कार्यक्रम सप्पन्न भएको हो ।प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी रहनु भएको थियो । नगर प्रमुख सुबेदीले नगर भित्र रहेका भाषा, साहित्य, कला एबम घरबासहरुको संरक्षण गर्दै पर्यटकिय स्थल हरुलाइ साहित्यको माध्यम बाट बिश्वभर चिनाउन सकिने बताउनु भयो । धुन्धु सिद्दगुफा,चमेरे गुफा साथै मिछुर्लुङ घरबास अहिले अन्तरिक र बाह्य्य पर्यटकको रुपमा आकर्षणको केन्द्र बिन्दु बन्दै गएकोले यसलाई साहित्यको माध्यमबाट थप प्रचार प्रसार गर्नु पर्ने बताउनु भयो ।

जे देख्छौ त्यही लेख्छौ भन्ने उद्घोषका साथ शुरु गरिएको काव्य गोष्ठीमा गण्डकी वागङ्मय प्रतिष्ठानका पोखराका अध्यक्ष भिम रानाभाट, गजलकार रुपक बनबासी, गण्डकी वागङ्मम प्रतिष्ठान तनहुँ का अध्यक्ष गौ कुमारी न्यौपाने, साहित्यकार चन्द्रमणी अधिकारी जनार्दन दाहाल लगाएत का अतिथिहरुको सहभागी रहेको थियो । कार्यक्रममा उपस्थित साहित्यक स्रस्ठाहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो सेतिकाली साहित्य सङ्गमका अध्यक्ष नारायण कैलाश सिग्देलले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने गीतल प्रतिष्ठान नेपालका उपाध्यक्ष शान्ता बास्तोलाले रचना को माध्यम बाट धन्यवाद मन्तव्य राख्नु भयो कार्यक्रमको संचालन सचिब माधब प्रसाद अधिकारीले गर्नु भएको थियो ।

नेपाल फर्कियो नाट्य टोली

भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ ।
नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए । तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, #ओजस थिएटर काठमाण्डौ र #आदिइत्यादि काठमाण्डौले संयुक्त रुपमा नाटक तयार पारेका थिए । फरकफरक नाट्य संस्थाहरुको सामुहिकताको एउटा प्रयास हो ओजस थिएटरका संचालक एवम् अभिनद्ध नाटकका कलाकार सागर कार्कीले बताउनु भयो ।
हामी त मोफसलमा बसेर साहित्य र नाटकको क्षेत्रमा बामे सर्दै गरेका हौँ । स्थानिय स्थरमा मात्रै सिमित हाम्रो लागि यो महोत्सव एउट ठूलो अवसर पनि थियो । हामीले नो नाट्य महोत्सवबाट धेरै कुरा सक्निे अवसर पनि प्राप्त गर्यौँ । “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च” तनहुँका अध्यक्ष एवम् नाटक “अभिनद्ध”का कलाकार आकाश अधिकारीले आफ्नो अनुभव सुनाउनु भयो ।
फरक फरक ठाउँका कलाकारहरु मिलेर नाटक तयार पार्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको ठम्याइ, आदिइत्यादिका कोषाध्यक्ष एवम् नाटक अभिनद्धका कलाकार सुशीलसिंह ठकुरीको पनि रह्यो ।
नाटक हेरेर आफ्नो संक्षिप्त प्रतिकृया दिँदै फ्रन्सेली नाटककार तथा नाट्य प्रशिक्षक पथ्रिकले नेपाली टोलीको समसामयिक नाटकले आफ्नो ध्यान खिचेको बताउनु भयो। नाट्य महोत्सवका निर्देशक एवम् नाट्य चेतनाका अध्यक्ष प्रसिद्ध भारतीय नाटककार तथा निर्देशक सुबोध पटनायकले नेपाली नाटक अभिनद्धको मञ्चनले नेपाली नाट्यमञ्चनको शैली र हामीले काम गरिरहेको लोकनाट्य शैलीको आदानप्रदान भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि नेपाली नाट्यसंस्थाहरुसँग सहकार्य गरिने बताउनु भयो ।
एकल महिलाले भोग्नु पर्ने समाजिक प्रताडन माथी केन्द्रीत करिब १ घण्टा लामो नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गरेका थिए । नाटक अभिनद्धमा सविना गोपाली, रविन तामाङ, आकाश अधिकारी, सागर कार्की, सुशीलसिंह ठकुरी र उषा केसीको अभिनय रहेको थियो । नाटकमा कवि सरस्वती तिमल्सिनाको छवटा कविता समावेस थियो । नारायण दंगालको संगीत संयोजन रहेको नाटकको सहायक निर्देशन रविन तामाङले गरेका थिए ।
नाटक महोत्सवमा भारतका बिभिन्न राज्य र नेपालको गरेर ११ वटा नाटक मञ्चन भएका थिए । नाटक टोलीलाई कलकत्तामा हाम्रो छहारी नामक संस्थाले स्वागत गरेको थियो।
कार्यक्रममा कलकत्तामा रहेका नेपाली र नेपालीभाषी साहित्यकार तथा विशिष्ठ ब्यक्तिहरु नारायण हुमागाईँ, सञ्जीव गुरुङ, राजु पाठक, गुञ्ज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाल बाट सहभागीता जनाउनका लागि “#मोहन बतास फाउन्डेसन” तनहुँ ले आर्थिक सहयोग प्रदान गरेको थियो।

पुरस्कृत तथा सम्मानित स्रष्टा

पुरस्कृत तथा सम्मानित स्रष्टा सबैमा हार्दिक बधाई!
“गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, गण्डकी प्रदेश नेपालले हरेक बर्ष संस्थाको स्थापनाको सन्दर्भ पारेर घोषणा गर्दै आएको छ।
गीतल प्रतिस्ठान नेपालका अध्यक्ष आकाश अधिकारी को अध्यक्षता मा बसेको विशेष बैठकमा सल्लाहकार समिति एवम् पुरस्कार छनौट समितिका पदाधिकारी हरुको समेत सहभागी रहेको बिशेष बैठक ले यस बर्ष २०८० मा प्रदान गरीने पुरस्कार र पुरस्कार प्राप्त गर्ने स्रष्टाको नामावली सार्वजनिक गरेको छ।
संस्थाले प्रदान गर्दै आएको #क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०८० डाक्टर नवराज लम्साल लाई छनौट समितिको सिफारिस मा प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार को रकम २५ हजार रहेको छ।
#गत बर्ष बाट शुरुआत गरिएको #नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्ग्मय पुरस्कार” २०८० डा. रमेशचन्द्र अधिकारी, धादिङ लाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको रकम २५ हजार रहेको छ।
त्यसैगरी संस्थाले प्रदान गर्दै आएको #गीतल रास्ट्रीय पुरस्कार” २०८० तिला लेकाली- मोरङलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कार दस हजारको रहेको छ।
#संस्थाले प्रदान गर्दै आएको #गीतल प्रतिभा पुरस्कार” २०८० सोभा सिंह ठकुरी तनहुँ लाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको रकम पाँच हजार रहेको छ।