गीतल प्रतिष्ठान नेपाल तथा नाटक मंच तनहुँ

विगत लामो समयदेखि जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै आएको यस गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको विधिवत् स्थापना २०७३ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरी साहित्य, कला, संगीत र नाट्य क्षेत्रलाई समेट्दै राष्ट्रिय/ अन्तर्राष्ट्रियस्तरका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।
“भाषा साहित्य सङ्गीतको आधार, सांस्कृतिक संरक्षण विकासको पूर्वाधार” भन्ने मूल नाराको साथ स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार, गीतल राष्ट्रिय पुरस्कार र गीतल प्रतिभा पुरस्कार साथै विभिन्न पुरस्कार/ सम्मानहरु प्रदान गर्दै आईरहेको छ।
२०७४ सालमा एशियाकै ठूलो गुफाको रुपमा दाबी गरिएको शिद्ध गुफामा राष्ट्रीय कवि सम्मेलन, २०७५ मा आदिकवि भानुभक्त आचार्यको जन्म गाँउ चुँदी रम्घामा अंतरराष्ट्रीय कवि सम्मेलन गरी संस्थाले आफ्नो गतिविधिलाई बृहत बनाएको छ।

जिल्लामा क्रियाशिल साहित्यिक संस्थाको उपमा प्राप्त गर्दै आइरहेको यस संस्थाले नाट्य क्षेत्रमा २०७१ सालमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आकाश अधिकारी द्वारा लिखित नाटक “छितिज उन्मुख पाइलाहरु” तनहुँ उद्योग वाणिज्य सङ्घ,दमौलीमा मञ्चन गराएको थियो।

२०७६ कार्तिक २ गते भीमनिधि तिवारीद्वारा लिएर ऐतिहासिक नाटक “माटोको माया”तनहुँ उद्योग वाणिज्य संघ दमौली तनहुँमा मञ्चन गरिएको थियो। उक्त नाटक निर्देशन दिवाकर भट्टराईले गरेका थिए। त्यस नाटक व्यास नगरपालिकाको सभाहल, आदिकवि भानुभक्त क्याम्पस हुँदै पालुङटार, गोरखामा समेत मञ्चन गरिएको थियो। अन्य क्षेत्रहरुमा मञ्चन गर्ने तयारी गर्दैगर्दा विश्वव्यापी महामारी covid-19 को पूर्ण प्रभाव नाट्य क्षेत्रमा पर्यो। आगामी दिनमा देशका विभिन्न स्थानहरुमा उक्त नाटक लैजाने तयारी गरिएको छ।
आकाश अधिकारीको लेखन र समुन्द्र पौडेल को निर्देशनमा कोरोना कहरको बीचमा पनि छोटो चलचित्र “कहर”को निर्माण गर्न सफल भएको यस संस्थाले आफ्नो गतिविधिहरुलाई विभिन्न माध्यमबाट अगाडि बढाउँदै आईरहेको छ।
कोरोनाको कहरसँगै सुस्ताएको नाट्य क्षेत्र अब गतिशील हुने निश्चित भएतापनि पहिलेको जस्तो अग्रताका साथ माथि उठ्न केही समय लाग्ने अनुमान गरिएको छ।

प्रतिष्ठानका पदाधिकारी

आकाश अधिकारी

आकाश अधिकारी

अध्यक्ष
दिवाकर भट्टराइ

दिवाकर भट्टराइ

वरिष्ठ उपाध्यक्ष
शान्ता बास्तोला

शान्ता बास्तोला

उपाध्यक्ष
माधव प्रसाद अधिकारी

माधव प्रसाद अधिकारी

सचिव
कल्पना घिमिरे

कल्पना घिमिरे

सहसचिव
हरिचन्द्र वाग्ले

हरिचन्द्र वाग्ले

कोषाध्यक्ष
शिव आर्य

शिव आर्य

सदस्य
बन्धुराज अधिकारी

बन्धुराज अधिकारी

सदस्य
यम प्रसाद सापकोटा

यम प्रसाद सापकोटा

सदस्य
अञ्जना तिमल्सेना

अञ्जना तिमल्सेना

सदस्य
सुदिप पौडेल

सुदिप पौडेल

सदस्य