श्रष्टा सम्मान तथा पुरस्कार वितरण २०८१
भाषा, साहित्य, वाङ्मयको…
विगत लामो समयदेखि जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै आएको यस गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको विधिवत् स्थापना २०७३ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरी साहित्य, कला, संगीत र नाट्य क्षेत्रलाई समेट्दै राष्ट्रिय/ अन्तर्राष्ट्रियस्तरका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।
“भाषा, साहित्य वाङ्गमयको आधार, सांस्कृतिक संरक्षण विकासको पूर्वाधार” भन्ने मूल नाराको साथ स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार, गीतल राष्ट्रिय पुरस्कार र गीतल प्रतिभा पुरस्कार साथै विभिन्न पुरस्कार/ सम्मानहरु प्रदान गर्दै आईरहेको छ।
२०७४ सालमा एशियाकै ठूलो गुफाको रुपमा दाबी गरिएको शिद्ध गुफामा राष्ट्रीय कवि सम्मेलन, २०७५ मा आदिकवि भानुभक्त आचार्यको जन्म गाँउ चुँदी रम्घामा अंतरराष्ट्रीय कवि सम्मेलन गरी संस्थाले आफ्नो गतिविधिलाई बृहत बनाएको छ।
श्रष्टा सम्मान तथा पुरस्कार वितरण २०८१
सम्मान तथा पुरस्कार कार्यक्रम -२०८१